एमाले महाधिवेशन : ३ घण्टामा एक हजार मत खस्यो
चितवनः नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रिया मङलबार बिहान ४ बजेबाट सुरु भएको छ। सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिलो मतदान सुरु भएको हो।
पार्टी अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलसहित विभिन्न शीर्ष नेताहरूले मतदान गरिसकेका छन्।
पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि आज निर्वाचन हुँदैछ। त्यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश नं १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ। अरू सबै पदमा सर्वसम्मत भएको छ।
यस्तै मतदान सुरु भएको ३ घण्टाको अवधिमा झण्डै एक हजार मत खसेको छ।
मंसिर १४, २०७८ मंगलबार ०७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।