कांग्रेस कपिलबस्तुको सभापतिमा पौडेल पक्षका कलाम विजयी
कपिलबस्तुः नेपाली कांग्रेस कपिलबस्तुको जिल्ला सभापति पदमा अब्दुल कलाम विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनामा कलामले सभापतिका अर्का प्रत्यासी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गरेका हुन्।
जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेरबहादुर देउवा पक्षका राजेश आचार्यबीच चुनाव भएको थियो। कुल खसेको १७ सय ६५ मतमा विजयी कलामले ९२८ र पराजित भएका राजेश आचार्यले ८१९ मत ल्याएका छन्।
यस्तै दुई उपसभापति पदमा रजतराज आचार्य, हुमकान्त खनाल तथा दुई सचिवमा शक्ति सिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन्। जिल्ला समितिको पदाधिकारीसहितका पदमा रामचन्द्र प्यानल हावी भएको छ।
मंसिर १४, २०७८ मंगलबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।