म्याग्दीमा जिप दुर्घटना, वडा सदस्यसहित चार जनाको मृत्यु
म्याग्दी : म्याग्दीमा ग १ ज ७२५१ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
रघुगंगा गाउँपालिका बेगमा जिप दुर्घटना हुँदा जिप चालक दुढबहादुर थापासहित गौमाया विक, खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
मृतक गौमाया रघुगङ्गा –१ बेगकी निर्वाचित वडा सदस्य हुन्। पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप दुर्घटनामा चार जना घाइते भएको छ। घाइतेलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल ल्याइएको छ। जिप करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
मंसिर १३, २०७८ सोमबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।