मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. पौडेल विजयी

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. पौडेल विजयी

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शिवजी पौडेल निर्वाचित भएका छन्। एक उपाध्यक्ष पदका लागि डा. पौडेल, डा. प्रमोद कुमार यादव र डा. राम परीक्षण यादव प्रतिस्पर्धा गरेका थिए। 

डा. पौडेलले ५ हजार ७२ मत पाउँदा मुख्य प्रतिस्पर्धी यादवले २ हजार ४३७ मत पाए। रामपरिक्षण यादवले ७६२ मत पाए।

काउन्सिलको आठ सदस्यका पदका लागि भएको चुनावमा डा. हुलास अग्रवालले सदस्य पदका उमेद्वारमध्ये सबै भन्दा बढी मत ल्याएर विजयी भएका छन्। डा. अग्रवालले ४ हजार ४५९ मत ल्याए। 

त्यसै गरी काउन्सिलको सदस्यमा डा.तोसिमा कार्की, डा.कालु सिंह खत्री, डा. कुन्जन शेर्पा, डा.गुरु शरण शाह, डा. विश्वराज दवाडी, डा. रूपक बि.क. घिमिरे र डा. रोहित कुमार मिश्र विजयी भएका छन्।

आठ सदस्य पदका लागि ३२ जनाले उम्मेदवारी दिएका थिए। काउन्सिलको २०७८ देखि ०८२ सम्मको कार्यकालका लागि चुनाव भएको हो। काठमाडौँ उपत्यका बाहिर ३ र ४ गते निर्वाचन भएको थियो भने काठमाडौँ, ललितपुर र धुलिखेलमा १० र ११ गते चुनाव भएको थियो।

मंसिर १३, २०७८ सोमबार २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।