कांग्रेसको केन्द्रीय कार्यसमिति चयन गर्न मङ्सिर २७ गते मतदान 

कांग्रेसको केन्द्रीय कार्यसमिति चयन गर्न मङ्सिर २७ गते मतदान 

काठमाडौँ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत हुने केन्द्रीय र प्रदेश कार्यसमिति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। 

पार्टीको केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचनको पहिलो दिन मङ्सिर २४ गते मतदाता नामावली प्रकाशित गर्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

मङ्सिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका समितिले सार्वजनिक गरेको छ। मङ्सिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र १० बजेदेखि १२ बजेसम्म दाबी विरोधमाथि निर्णय गर्ने समितिको तालिका छ।

समितिका अनुसार मङ्सिर २६ गते १२ देखि ३ बजेसम्म उम्मेदवारको नाम प्रकाशित गर्ने र ३ देखि ४ बजेसम्म मनोनयन फिर्ता लिन समय दिइने समितिले जनाएको छ। समितिका अनुसार मङ्सिर २६ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

केन्द्रीय कार्यसमिति निर्वाचित गर्न मङ्सिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु गर्ने समितिको कार्यतालिका छ।

यस्तै प्रदेश कार्य समितिको निर्वाचन तालिका अनुसार मङ्सिर १६ गते मतदाता नामावली प्रकाशित हुनेछ।

मङ्सिर १७ गते नै उम्मेदवारको मनोनयन पत्र दर्ता, मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता, जाँचबुझ गरेर उम्मेदवारको नाम प्रकाशित गर्ने तालिका छ। मङ्सिर १७ गते साँझ साढे ६ बजे मनोनयन फिर्ता लिने र साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको छ।

प्रदेश कार्यसमिति चयन गर्न मङ्सिर १८ गते बिहान ८ बजेबाट मतदान सुरु हुनेछ।

मंसिर १३, २०७८ सोमबार २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।