टेकु अस्पतालमा : मनीषा इन, अनुप आउट
काठमाडौँ : स्वास्थ्य मन्त्रीको आलोचना भए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा मनीषा रावलको नियुक्तीको निर्णय बदलिएन। उनले सोमबार पदवहाली गरेकी छन्। स्वास्थ्य मन्त्रालयले निर्देशक अनुप बास्तोलालाई सरुवा गरेर उनको स्थानमा रावलको नियुक्ति गरेकाे थियो।
कोरोनाको नयाँ भेरियन्ट आइरहेको बेलामा अनुभवी चिकित्सकको सरुवा गरेको भन्दै निर्णय बदर गर्न सामाजिक सञ्जालमा दबाब बढे पनि मन्त्रालयले निर्णय कार्यान्वयन गर्यो। स्वास्थ्य मन्त्रालयले निर्देशक डा. बास्तोलालाई सार्क छयरोग तथा एचआइभी एड्स केन्द्रमा प्रमुखको जिम्मेवारी दिइएको कुरा सार्वजनिक भए पनि अस्पतालका सूचना अधिकारी नवराज गौतमले बास्तोलाको दरबन्दी अस्पतालमै रहेको बताए।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले १४ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेका थिए। मन्त्री खतिवडाले कर्मचारीको जिम्मेवारी हेरफेर हुनु सामान्य भएको प्रतिक्रिया समेत दिएका थिए। तर वास्तोलाको सरुवाको निर्णयमा उनको आलोचनाकोक्रम रोकिएको छैन।
मंसिर १३, २०७८ सोमबार २०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।