ओलीको निर्देशनमा उम्मेदवार बनेकाहरू बागीसँग चुनाव लड्दै

ओलीको निर्देशनमा उम्मेदवार बनेकाहरू बागीसँग चुनाव लड्दै

चितवन : नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूका लागि अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र हलमा प्रस्ताव गरेभन्दा बाहेकले समेत उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको छ।

गण्डकी, प्रदेश २ र लुम्बिनीबाहेक सबै प्रदेशमा थप उम्मेदवारी परेको छ। त्यस्तै आदिवासी जनजातितर्फ १७ जना प्रस्ताव गरिएकोमा निर्माण बुढा र सुवास कर्माचार्यले पनि उम्मेदवारी दिए।

सम्पर्क समन्वयतर्फ महिला कोटामा कल्पना थापाको नाम हलमा प्रस्ताव भएको थियो भने जानुका रोकाले बागी उम्मेदवारी दिएकी छन्।

मधेसीतर्फ १३ जनामध्ये हलमा नाम प्रस्ताव गरिएका बाहेक बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले उम्मेदवारी दिएका छन्। दलितमा ८ जना प्रस्ताव भएकोमा नरबहादुर विक र अनुभूति बम नेपालीले बागी दिएका छन्। 

थारुमा जयप्रकाश थारु र मुस्लिममा नजिर मियाले बागी उम्मेदवारी दिएका छन्। पिछडिएको क्षेत्रबाट भरत साउद र लालबहादुर रावलले बागी उम्मेदवारी दिएका छन्।

खुला पुरुषतर्फ ८४ जना हलमा प्रस्तावितबाहेक सुरेन्द्र मानन्धर,नरेश खरेल,कमल तिमिल्सिना,निर्मल भट्टराई,पदमराज जोशीले बागी उम्मेदवारी दिए।

प्रदेशतर्फका बागी

प्रदेश १ बाट खुलामा ६ जना निर्वाचित हुनेमा आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकाबाहेक धर्मराज निरौला, परशुराम अधिकारी र दुर्गाकुमार थापाले उम्मेदवारी दिए। 

केपी ओलीले प्रदेश १ बाट हलमा नाम प्रस्ताव गरेकाहरूमा किशोरकुमार अधिकारी, टङ्क आङ्बुहाङ, तिलकुमार मेन्याङ्बो, राजेन्द्रकुमार राई, वसन्तकुमार नेम्वाङ र भास्कर काफ्ले थिए। 

त्यस्तै प्रदेश १ को खुल्लामा ६ जनाको मात्र उम्मेदवारी परेको छ भने बागमतीबाट हलमा प्रस्तावित बाहेक केदार क्षेत्री र रामवीर मानन्धरको उम्मेदवारी परेको छ।

अध्यक्ष ओलीले हलमा कृष्ण राई, कैलाश ढुङ्गेल, खेम लोहनी, रामेश्वर राना मगर, सुरेश नेपालको नाम प्रस्ताव गरेका थिए।

गण्डकी प्रदेशबाट हलमा प्रस्तावित नामबाहेक अरूले उम्मेदवारी दिएनन् भने सुदूरपश्चिमबाट हलमा प्रस्तावित नामबाहेक कृष्णप्रसाद जैसी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिए।

कर्णालीबाट पनि हलमा प्रस्तावित बाहेक योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिए। अध्यक्ष ओलीले प्रस्ताव गरेका नाम भने गुलावजंग शाह, धर्मराज रेग्मी, डम्बरबहादुर सिंह, नेशनल शाही, नीरज आचार्य र विष्णु रिजाल थिए। 

त्यस्तै महिलामा पनि हलमा प्रस्तावित कमला वली, कमला बोहरा र सन्तोष शर्मा थापाबाहेक कलसादेवी महरा, पशुपति कुँवर र मञ्जु सलामीले उम्मेदवारी दिएका छन्।

एमालेको निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र मतदान सुरु गर्ने तयारी गरेको छ। 

मंसिर १३, २०७८ सोमबार १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।