अल्लु अर्जुनको 'पुष्पा'सँग किन डराए चपलीका निर्माता !
काठमाडौँ : चपली हाइट-३ लाई बहुप्रतिक्षित फिल्म मानिन्छ। त्यसैले त पुस २ मा यो फिल्मको रिलिज डेट सार्वजनिक भएपछि कोरोनाकालमा सुस्ताएको हलको बजार पुन फर्कने आस गरिएको थियो।
यसका निर्माण टिम पनि उत्साहितै थियो। तर त्यही दिन नेपाली हलहरूमा दक्षिण भारतीय फिल्म रिलिज हुने भएपछि भने यसको निर्माण टोली तनावमा परेको छ।
पछिल्लो समय दक्षिण भारतीय फिल्मको क्रेज नेपालमा बढ्दै छ। युट्युबमा रहेका दक्षिण भारतीय फिल्महरू नेपालमा ट्रेन्डिङमै पर्छन्। त्यसमा पनि अल्लु अर्जुनका फ्यानहरू पनि टन्नै छन् नेपालमा।
पुस २ गते नै उनै अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ नेपालमा रिलिज हुने भएपछि चपलीका निर्माता अर्जुन कुमार तनावमा देखिए। अर्जुनको फिल्म नेपालमा वितरक मनोज राठीले ल्याउँदैछन्। यो हिन्दीमा डब गरिएको फिल्म हो।
तर डब फिल्मसँग स्टार अभिनेत्री रहेको फिल्मसँग अर्जुनकुमार यति डराए कि उनी हरेक दिन सामाजिक सञ्जालमा यो फिल्म र यसका वितरक विरुद्ध केही न केही आलोचना गरिरहेका हुन्छन्।
उनले आइतबार बारम्बार स्ट्याटस लेखे ‘दुई लाखमा हिन्दी डब फिल्म लेराएर दलालहरू अझै नेपाली फिल्मलाई तर्साउन खोज्छस्। याद गर नेपाली फिल्ममेकरलाई सधैँ यसरी नसताऊ। फेरि पछुताउनु पर्ला।’
मंसिर १३, २०७८ सोमबार १८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।