एमाले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएन
चितवन : नेकपा एमालेको केन्द्रीय कमिटी चयनका लागि मतदानको तयारी भएको छ। विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको फोटोसहितको नाम इन्ट्री गर्ने काम भइरहेको एमालेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली भने अझै सार्वजनिक गरेको छैन। तर, पदाधिकारीमा ५ जना र ५३ जना महिला खुल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन्।

उम्मेदवार दर्ता गरेपछि पनि सहमतिको प्रयास भइरहेकाले आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्न ढिला भएको जनाएको छ।
एमाले अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ। उपाध्यक्षमा ६ पदका लागि ७ जना र सचिव ७ पदका लागि ९ जनाको उम्मेदवारी परेको छ।
मंसिर १३, २०७८ सोमबार १८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।