कालिकोटमा ट्रकमा ब्रेक नलाग्दा दुर्घटना, एक जनाको मृत्यु 

कालिकोटमा ट्रकमा ब्रेक नलाग्दा दुर्घटना, एक जनाको मृत्यु 

सुर्खेत : कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नरहरिनाथ गाउँपालिका–१ मिलाकामा बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटना हुँदा सोही ठाउँका ५८ वर्षीय जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा सोही ठाउँका २४ वर्षका ट्रकका सहचालक नेत्रबहादुर विष्ट गम्भीर घाइते भएका छन्।

घाइते विष्टको कालिकोट जिल्ला अस्पतालमा सामान्य उपचार गरेर थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ। ट्रकमा चार जना सवार रहेको र चालक किरणबहादुर भुजा फरार रहेको प्रवक्ता श्रेष्ठले बताए। 

उकालो मोडमा ट्रक मोड्ने क्रममा ब्रेक नलागेपछि सडकदेखि झन्डै तीस मिटर तल खसेको थियो।

मंसिर १३, २०७८ सोमबार १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।