एमालेमा केन्द्रीय सदस्य पनि भएन सर्वसम्मत : ओलीको इच्छाविपरित पर्‍यो उम्मेदवारी

एमालेमा केन्द्रीय सदस्य पनि भएन सर्वसम्मत : ओलीको इच्छाविपरित पर्‍यो उम्मेदवारी

चितवन : सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै केपी शर्मा ओलीले आइतबार मध्यरात बन्द सत्रमा पढेको केन्द्रीय सदस्यहरू सर्वसम्मत हुन सकेनन्। निर्वाचन हुने भएपछि ओलीको सूचीमा नअटाएकाहरूले उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको छ।

तीन प्रदेश बाहेक बाँकी सबैतिर केन्द्रीय सदस्यमा उम्मेदवारी परेको छ। लुम्बिनी, गण्डकी र प्रदेश २ मा भने थप उम्मेदवारी परेन। महिला, आदिवासी जनजाति, सम्पर्क समन्वय, पिछडिएको क्षेत्रमा समेत थप उम्मेदवारी परेको छ।

आदिवासी जनजाति कोटामा ओलीले १७ जनाको नाम प्रस्ताव गरेका थिए। उनले अइन्द्रविसुन्दर नेम्वाङ, कमलजंग राई, केशव स्थापित, खगेन्द्र राई, गोकुल घर्ती मगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी, डम्बरसिंह सम्बाहम्फे, अजय क्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ, पासाङ शेर्पा, लीलबहादुर थापा मगर, विद्यासुन्दर शाक्य, सिपी घर्ती मगर, हरिबहादुर राजवंशी र हरिबहादुर राईको नाम प्रस्ताव गरेका थिए।

सो कोटामा निर्माण बुढा र सुवास कर्माचार्यले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन हुने भएको छ।

सम्पर्क समन्वयको महिलातर्फ कल्पना थापाको ओलीले प्रस्ताव गरेकोमा जानुका रोकाले पनि उम्मेदवारी दिइन्। मधेसीतर्फ बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले उम्मेदवारी दिए। दलितमा ओलीको सूचीमा नअटाएका नरबहादुर विक र अनुभूति बम नेपालीले पनि उम्मेदवारी दिए।

 पिछडिएको क्षेत्रको सूचीबाट हुने केन्द्रीय सदस्यमा भरत राउद र लालबहादुर रावलले उम्मेदवारी दिए भने थारु कोटामा जयप्रकाश थारुले उम्मेदवारी दिए। मुस्लिम कोटामा नजिर मिया उम्मेदवार बनेपछि समेत सर्वसम्मत हुन सकेन।

खुला पुरुषतर्फ ओलीको सूचीमा नअटेका सुरेन्द्र मानन्धर, नरेश खरेल, कमल तिम्सिना, निर्मल भट्टराई र पदमराज जोशीले उम्मेदवारी दिए। खुल्ला महिलामा अर्चना गहतराज, उषाकिरण तिम्सिना र भगवती न्यौपानेले समेत उम्मेदवारी दिएका छन्।

प्रदेशतर्फ तीन प्रदेश बाहेक अन्यमा सर्वसम्मत हुन सकेन। प्रदेश १ बाट खुला केन्द्रीय सदस्यमा धर्मराज निरौला, परशुराम अधिकारी र दुर्गाकुमार थापा (स्वस्ति)ले समेत उम्मेदवारी दिएका छन्। बागमतीबाट केदार क्षेत्री र रामवीर मानन्धरले उम्मेदवारी दिए।

सुदूरपश्चिमबाट कृष्णप्रसाद जैसी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिएका छन्। कर्णालीबाट योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिए। महिलामा कसलादेवी महरा, पशुपति कुँवर र मञ्जु मलासीले उम्मेदवारी दिएका छन्। पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा उम्मेदवारी परेको छ।

मंसिर १३, २०७८ सोमबार १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।