टिकटक स्टार रेश्मालाई बधाई दिन वर्षा पुगिन् विराटनगर
काठमाडौँ : नायिका तथा मोडल रेश्मा घिमिरेले सोमबार विवाह गरिन्। एक वर्ष अगाडि नै इन्गेजमेन्ट गरेकी उनको विवाह अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग भएको हो।
रेश्मा र प्रभातको विवाह विराटनगरको एक रिसर्टमा भएको हो। उनको बिवाहमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मी उपस्थिति भएका छन्।
नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन्। वर्षा र रेश्मा नजिकका साथी हुन्। प्रताप दास पनि उनको विवाहमा सहभागी भएका थिए।
रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गरे पनि कोरोनाका कारण विवाह हुन सकेको थिएन। रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन्।
मंसिर १३, २०७८ सोमबार १५:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।