उपाध्यक्ष नपाएपछि लालबाबु पण्डितले गरे केन्द्रीय सदस्य अस्वीकार 

उपाध्यक्ष नपाएपछि लालबाबु पण्डितले गरे केन्द्रीय सदस्य अस्वीकार 

चितवन : नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्ष पद नपाएपछि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्। उपाध्यक्ष पदका आकांक्षी पण्डित सो पदमा ओलीले नसमेटेपछि असन्तुष्ट बनेका हुन्।

उनले आफू केन्द्रीय सदस्यमा नबस्ने बताए। ‘म एमालेको केन्द्रीय सदस्य रहन्नँ,’ उनले भने, ‘यो विषयमा पार्टीलाई पनि जानकारी गराइसकेको छु।'

उपाध्यक्ष पदको आकांक्षी भएर पनि किन उम्मेदवारी दिनुभएन भन्ने प्रश्नमा पण्डितले भने, ‘यो विषयमा अहिले कुरा नगरौं।’

पण्डितले सामाजिक सञ्जालमा पनि आफू पार्टीको कार्यकारी पदमा नरहेको घोषणा गरेका छन्। उनले आजैदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताउँदै दसौं महाधिवेशनबाट विजयीहरूलाई शुभकामना दिएका छन्। अहिले उनी काठमाडौं लागेका छन्।

मंसिर १३, २०७८ सोमबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।