राप्रपाको अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्। मङ्सिर १५ गतेबाट सुरु हुने पार्टीको महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले एकता कायम राख्ने भन्दै उम्मेदवारी दिएका हुन्। ०७६ साल फागुन २६ मा तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भए यता यो पहिलो महाधिवेशन हो।
‘यो महाधिवेशनबाट एकता, सद्भाव र सहमतिको सन्देश दिनुपर्छ’, उनले भने।
राप्रपाको अध्यक्षमा यसअघि राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरिसकेका छन्।
मंसिर १३, २०७८ सोमबार १४:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।