१९ वर्षीया करिना बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि
काठमाडौं : सिन्धुपाल्चोककी १९ वर्षीया किशोरी करिना पुरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छिन्।
आइतबार भएको चुनावमा करिना सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
खुला महिलातर्फ उम्मेदवार बनेकी उनी ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि बनिन्। उनले पाएको मत खसेकोमध्ये सबैभन्दा धेरै हो।
नेविसंघबाट भर्खरै राजनीति सुरुवात गरेकी करिना कराँते खेलाडी समेत हुन्। उनी कानुन विषयमा स्नातक अध्ययनरत छिन्।
मंसिर १३, २०७८ सोमबार १३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।