विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

कालीकोटः जिल्लाको नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा५ख ४६४३ नं को मिनी ट्रक कोटवाडामा दुर्घटना भएको हो।

दुर्घटनामा ट्रकमा सवार नरहरीनाथ–१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकमा चार जना सवार रहेका र ट्रकधनी नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ। घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइँदै गरेको प्रहरीले जनाएको छ। 

निर्माणधीन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनी ट्रक दुर्घटना भएको हो। मिनि ट्रकका चालक र सहचालक सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

मंसिर १३, २०७८ सोमबार १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।