कांग्रेस सुर्खेतमा संस्थापन पक्षकाे प्यानलै विजयी

कांग्रेस सुर्खेतमा संस्थापन पक्षकाे प्यानलै विजयी

सुर्खेतः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतको जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल र सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी फराकिलो मतान्तरका साथ विजयी भएका छन्।

उप-सभापतिमा विष्णु खड्का १२०३, टोपबहादुर रावत ११६०, सचिवमा देवकुमार सुवेदी १२६७, बालदिप कँडेल ११९२ र उप-सचिवमा हरि विष्ट ११८० र प्रकाश डिसी  ११९६ मत ल्याएर विजयी भएका हुन्।

नयाँ नेतृत्वका लागि सभापतिमा खड्ग पोखरेल आइतबार नै सर्वसम्मत सभापतिमा चयन भएका थिए भने बाँकी नेतृत्वका लागि मतदान भएकाे थियाे।

मंसिर १३, २०७८ सोमबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।