वरिष्ठ उपाध्यक्षमा कसैको उम्मेदवारी परेन, पोखरेल निर्विरोध
चितवनः नेकपा एमालेको १०औं महाधिवेशनबाट ईश्वर पोखरेल निर्विरोध वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने भएका छन्। आजबाट सुरु भएको निर्वाचन प्रक्रियामा वरिष्ठ उपाध्यक्ष पदमा पोखरेलबाहेक अरूको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन्।
यस्तै महासचिव पदमा पनि अरू कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको छ।
यता तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन्।
मंसिर १३, २०७८ सोमबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।