१० बुँदे कार्यान्वयन नहुनु एउटा दुर्घटना थियो : भुषाल
चितवन : नेकपा एमालेका नेता घनश्याम भुषालले यो चुनावले सही फैसला गरेन भने अर्को महाधिवेशनमा बोझ पर्ने बताएका छन्।
एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भुसालले भने, 'यो चुनावले राम्रो फैसला गर्छ। यो चुनावले सही फैसला गर्न सकेन भने अर्को चुनावलाई बोझ पर्छ। अर्को चुनावलाई बोझ नपरोस् भनेर प्रतिनिधिहरुले यही चुनावमा राम्रो फैसला गर्नुहुनेछ।
निर्वाचनबाट जस्तो परिणाम आए पनि आफूले सहजै स्वीकार गर्ने पनि उनले बताए। 'जे परिणाम आए पनि स्वीकार गर्छु। जिते भने पनि स्वीकार्छु, हारें भने पनि स्वीकार्छु,' उनले भने।
१० बुँदे कार्यान्वयन नगर्नु एउटा दुर्घटना भएको बताउँदै एमालेका निवर्तमान उपमहासचिव भुसालले तर सिंगो पार्टी, सिद्धान्त, क्रान्ति त्यसले निर्धारण नगर्ने उल्लेख गरे।
'हामीले १० बुँदे सम्झौता गर्यौं् तर त्यसलाई लागू गर्ने विषयमा कतिपय कमरेडहरुले इमान्दारिता देखाउनु भएन। त्यो सकियो,' भने।
मंसिर १३, २०७८ सोमबार ११:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।