आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह
चितवन : नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा निर्वाचन आचारसंहितामा पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।
महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप भइरहेको जानकारीमा आएकोले त्यसो नगर्न सम्बन्धित निकायले आयोगलाई आग्रह गरेको हो।
प्रचार-प्रसार गर्दा ठूलो प्रदर्शन गर्न, समूहगत छलफल नपाइने भन्दै आयोगले आचारसंहिता विपरीत काम भएमा उम्मेदवारी बदर समेत गर्न सकिने जनाएको छ।
मंसिर १३, २०७८ सोमबार ११:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।