अध्यक्ष पदमा ओलीको मनोनयन: विष्णु पौडेल प्रस्तावक, शंकर पोखरेल समर्थक

अध्यक्ष पदमा ओलीको मनोनयन: विष्णु पौडेल प्रस्तावक, शंकर पोखरेल समर्थक

चितवनः नेकपा एमालेका हालका अध्यक्ष केपी शर्मा ओलीले आगामी नेतृत्त्वका लागि पनि उम्मेदवारी दिएका छन्। उनले आज मनोनयन दर्ता गरेका हुन्।

ओलीले मनोनयन दर्ता गरेको पत्रअनुसार उनको प्रस्तावकमा विष्णु पौडेल रहेका छन्। यस्तै उनको समर्थकमा शंकर पोखरेल उभिएका छन्।

ओलीले एमालेको विधानको धारा ६३ को १ बमोजिम अध्यक्ष पदका लागि उम्मेदवारी दिन आफ्नो मापदण्ड पुगेको मनोनयन पत्रमा उल्लेख गरेका छन्।

मनोनयन पत्रअनुसार ओलीको संगठित सदस्यता नम्बर १९४ रहेको छ भने उनले २०२६ साल फागुन १२ गते पार्टीको सदस्यता लिएको उल्लेख गरेका छन्।

मंसिर १३, २०७८ सोमबार १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।