झापामा बस दुर्घटना: एकको मृत्यु, २३ घाइते

झापामा बस दुर्घटना: एकको मृत्यु, २३ घाइते

झापाः कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २२ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते भएकामध्ये ११ जनाको विर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। घटनाबारे दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर १३, २०७८ सोमबार ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।