रावल-ओली भिडन्त पक्का, ओलीले पनि गराए अध्यक्षमा मनोनयन दर्ता

रावल-ओली भिडन्त पक्का, ओलीले पनि गराए अध्यक्षमा मनोनयन दर्ता

चितवनः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्त्व चयन गर्न खोजिए पनि उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा फिर्ता नलिएपछि हाल निर्वाचन प्रक्रिया सुरु भएको हो।

यसअघि भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरिसकेका छन्। योसँगै महाधिवेशनमा ओली-रावल भिडन्त हुने पक्का भएको छ।

अध्यक्ष ओलीसँगै उपाध्यक्षमा विष्णु पौडेल लगायतका नेताहरू पनि उम्मेदवारी दिइसकेका छन्।

मंसिर १३, २०७८ सोमबार ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।