काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ
काठमाडौंः नेपाली कांग्रेस काठमाडौंका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको मतपरिणामअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरे।
यस्तै, उपसभापतिमा राजकुमार नकर्मी (१८२९) र गोकर्ण केसी (१९२२), सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) र सहसचिवमा रोमेल श्रेष्ठ (१७७५) र प्रा डा अमिता प्रधान (२०६६) मत ल्याई निर्वाचित भए।
बानियाँ यसअघि पनि काठमाडौं कांग्रेस सभापति थिए। कांग्रेसको केन्द्रीय महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हँदैछ।
मंसिर १३, २०७८ सोमबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।