फर्पिङको कृषि फार्ममा आगलागी, ढल्कुमा ग्यास चुल्हो पड्किँदा तीन जना घाइते

फर्पिङको कृषि फार्ममा आगलागी, ढल्कुमा ग्यास चुल्हो पड्किँदा तीन जना घाइते

काठमाडौंः फर्पिङको एक कृषि तथा पशुपंक्षी फार्ममा आगलागी भएको छ। आइतबार राति केशव बलामीले सञ्चालन गरेको फार्ममा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

जस्ताले छाएको दुई तले ट्रस्टमा आगलागी हुँदा ६० देखि ६५ वटा बाख्रा जलेर मरेका छन्। आगलागीबाट अनुमानित २० देखि २५ लाख रुपैयाँसम्मको क्षति भएको प्रहरीले जनाएको छ। आगो राति नै निभाइएको छ।

यस्तै काठमाडौंको ढल्कुमा नरेश कंसकारको घरमा डेरा गरी बस्ने सम्झना सुन्दाको कोठामा ग्यास चुल्हो पड्केर आगलागी हुँदा तीन जना घाइते भएका छन्।

आइतबार बेलुकी खाना पकाउने क्रममा ग्यास चुल्हो पड्केर आगलागी हुँदा सम्झना सहित उनकी छोरी आठ वर्षकी रक्षा सुन्दास र ६ वर्षका छोरा सुशान्त सुन्दास घाइते भएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

मंसिर १३, २०७८ सोमबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।