विष्णु पौडेलको व्याख्या: निर्वाचन 'करिब सहमति' हो
चितवनः नेकपा एमालेका नेता विष्णु पौडेलले १०औं महाधिवेशनले 'करिब सहमति'मा नेतृत्त्व चयन गर्ने बताएका छन्। सर्वसम्मत अध्यक्षसहितका पदाधिकारी छान्ने कुरामा सहमति नभएपछि एमाले आज नयाँ नेतृत्त्व चयनका लागि निर्वाचनमा होमिएको छ।
उम्मेदवारी दर्ता गर्ने क्रममा उनले भने, 'केही ठाउँहरूमा सर्वसम्मति भएन। तर करिब सहमति भन्छन् यस्तोलाई। ९९ प्रतिशत प्रतिनिधिहरूले यो महाधिवेशनले के निर्णय गर्नुपर्छ भन्ने भर्डिक्ट दिइसक्या छन्। नतिजाका हिसावले यो पूर्वानुमानित नै छ। यसलाई सर्वसम्मति नभने पनि करिब सहमति भने हुन्छ।'
पौडेलले १०औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
मंसिर १३, २०७८ सोमबार ०९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।