मौसम अपडेट: बङ्गलादेश र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव
काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा बङ्गलादेश र अरब सागरमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ। नेपालमा हाल पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।
यस्तै पहाड तथा तराईका थोरै भूभागमा हुस्सु् तथा कुहिरो रहेको छ।
यस्तै आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मंसिर १३, २०७८ सोमबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।