कांग्रेस गुल्मीको सभापतिमा पौडेल पक्षका पन्थी निर्वाचित
बुटवलः नेपाली कांग्रेस गुल्मीको जिल्ला सभापतिमा रामचन्द्र पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित भएका छन्। आफ्ना प्रतिद्वन्द्वी वेदबहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै पन्थी जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।
कुल खसेको १ हजार ६ सय ९३ मतमध्ये पन्थीले १ हजार २ सय ७१ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का उम्मेदवार थापाको पक्षमा भने जम्मा ३ सय ८४ मत परेको थियो।
महाधिवेशनका लागि १ हजार ७ सय ६६ जना प्रतिनिधी रहेकामा शनिबार र आइतबार भएको मतदानमा कुल १ हजार ६ सय ९३ मत खसेको थियो। रामचन्द्र पौडेल पक्षका पन्थी र देउवा पक्षका थापाले जिल्ला सभापतिका लागि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
मंसिर १३, २०७८ सोमबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।