मध्यरातको बन्द सत्रमा ओलीले पेस गरे ३०१ जनाको सूची

मध्यरातको बन्द सत्रमा ओलीले पेस गरे ३०१ जनाको सूची

चितवन : अध्यक्ष मण्डलको बैठकमा सहमति नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यरात बन्द सत्रमा केन्द्रीय कमिटीका ३०१ जनाको नाम पढेर सुनाएका छन्।

आइतबार दिनभर लगाएर आफ्नो समूहले तयार पारेको सूची उनले मध्यरात बन्द सत्रमा पढेर सुनाएका हुन्। अध्यक्ष मण्डलको बैठकमा सहमति नभएपछि एमाले १० औँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको छ।

मंसिर १३, २०७८ सोमबार ०१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।