एमाले निर्वाचन कार्य तालिका सर्‍यो : सोमबार बिहान मनोनयन, बेलुका ९ बजेबाट मतदान

एमाले निर्वाचन कार्य तालिका सर्‍यो : सोमबार बिहान मनोनयन, बेलुका ९ बजेबाट मतदान

चितवन : एमाले १० औँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्य तालिका हेरफेर गर्दै सोमबार बिहान ८ बजेसम्मका लागि सबै कार्यक्रम स्थगित गरेको छ। यस अगाडि बिहान साढे २ बजेसम्म निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको थियो।

राती मनोनयन लगायतका प्रक्रिया नगर्न अध्यक्ष मण्डलबाट निर्देशन आएको भन्दै अध्यक्ष विजय सुब्बाले अहिले उम्मेदवारी मनोनयन फारम लैजान सकिने तर दर्ता सोमबार बिहान ८ बजेबाट हुने बताए। 

संशोधित कार्य तालिका अनुसार अब मतदान सोमबार बेलुका नौ बजेबाट सुरु हुनेछ। बिहान ३ बजेसम्म मतदानको समय राखिएको छ। त्यसपछि मतगणना गरिने केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ। यस अगाडिको कार्य तालिका अनुसार सोमबार बिहान ९ बजेबाट मतदान सुरु हुने थियो।

मंसिर १३, २०७८ सोमबार ००:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।