एमाले महाधिवेशनमा ९२ वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
चितवन : एमाले १० औँ महाधिवेशनको निर्वाचनमा ९२ वटा भोटिङ मेसिन सुरु गर्ने भएको छ। अध्यक्ष मण्डलले निर्वाचन समितिलाई निर्वाचनको प्रक्रिया सुरु गर्न निर्देशन दिएकाले प्रक्रिया सुरु गरेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले बताए।
सुब्बाका अनुसार आइतबार बेलुका ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्दै मतदाता नामावली र निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ। नामावलीको दाबी विरोध सबै सकाएर १२:२० सम्म उम्मेदवारी फारम, १२: ३० सम्म उम्मेदवारी दर्ता गरिने छ।
उम्मेदवारको अन्तिम नामावली २ : ३० मा प्रकाशन हुने उनले बताए। सर्वसम्मत भए पनि उम्मेदवारी दर्ता हुनुपर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि निर्वाचन प्रक्रिया सकिने उनले बताए। यदि सर्वसम्मत नभएमा निर्वाचन प्रक्रिया अनुसार सोमबार बिहान नौ बजेबाट ४ बजेसम्म मतदान हुने उनले बताए।
मतदान हुने अवस्थामा ९२ वटा भोटिङ मेसिनबाट मतदान गराउने उनले बताए। उम्मेदवारको सङ्ख्याको आधारमा भोटिङ मेसिनमा नाम दर्ता गर्नुपर्ने र त्यसका लागि समय लाग्ने भएर बिहान २ बाट एक पटक मतदानको समय नौ बजे राखिएको सुब्बाले बताए।
मंसिर १३, २०७८ सोमबार ००:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।