एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु, रातभरको कार्य तालिका, मतदान बिहान नौ बजे

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु, रातभरको कार्य तालिका, मतदान बिहान नौ बजे

चितवन : एमाले १० औँ महाधिवेशनको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरेको छ। उसले आइतबार बेलुका ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्दै मतदाता नामावली र निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो।

निर्वाचन कार्य तालिका अनुसार १२:२० सम्म उम्मेदवारी फारम, १२: ३० सम्म उम्मेदवारी दर्ता,  उम्मेदवारको अन्तिम नामावली २ : ३० मा प्रकाशन गरेर मतदान बिहान नौ बजेबाट राखिएको छ। सोमबार ४ बजेसम्म मतदान हुने कार्यक्रममा उल्लेख छ।

बाहिर निर्वाचनको कार्य तालिका सार्वजनिक भएर निर्वाचन समितिले सोही अनुसार तयारी सुरु गरे पनि सहमतिका लागि बसेको अध्यक्ष मण्डलको बैठक भने अझै सक्किएको छैन। बन्द सत्र पनि सुरु भएको छैन।

अध्यक्ष मण्डलले सकेसम्म सबैमा सर्वसम्मत गर्ने त्यसमा सहमति नभए जुन-जुन पदमा सहमति हुन्न ती पदमा मतदान गराउने रणनीति बनाएको छ।

मंसिर १२, २०७८ आइतबार २३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।