एमाले निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गर्यो
चितवन : एमाले १० औँ महाधिवेशनको निर्वाचन समितिले बन्द सत्र हल बाहिर महाधिवेशनको मतदाता नामावली सार्वजनिक गरेको छ।
भित्र सहमतिका लागि अध्यक्ष मण्डलको बैठक बसिरहेको बेलामा बाहिर निर्वाचन समितिले भने मतदाता नामावली सार्वजनिक गरेको हो। यसले भित्र सहमति हुन नसकेको सङ्केत देखाएको छ।
कार्यसूची अनुसार शनिवारै मतदाता नामावली सार्वजनिक भएर उम्मेदवारी दर्ता समेत हुनुपर्ने हो। आइतबार मतदान र मतगणना भएर नतिजा सार्वजनिक गर्ने कार्यक्रम थियो। तर सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै बन्द सत्रले त्यसको जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएर अध्यक्ष मण्डल बनाएपछि निर्वाचनको प्रक्रिया भाँडिएको थियो।
मंसिर १२, २०७८ आइतबार २३:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।