सर्वसम्मत सूचीमा सहमति जुटाउन अध्यक्ष मण्डलको बैठक जारी

सर्वसम्मत सूचीमा सहमति जुटाउन अध्यक्ष मण्डलको बैठक जारी

चितवन : एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा महाधिवेशन बन्द सत्रले गठन गरेको अध्यक्ष मण्डलको बैठक बसेको छ। शनिवार बेलुका सर्वसम्मत नेतृत्व चयन गर्न ओलीको नेतृत्वमा अध्यक्ष मण्डल गठन भएको थियो।

अध्यक्ष मण्डलमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, भीम रावल लगायतका छन्। सो बैठकमा अध्यक्ष ओली समूहले दिनभर गृहकार्य गरेर बनाएको केन्द्रीय कमिटीको नामावली पेस गरेर निर्णय गराएर बन्द शत्रमा पेस गर्ने कार्य तालिका रहेको छ।

ओली समूह बन्द सत्रबाट सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा रहेको छ भने भीम रावल र घनश्याम भुसाल निर्वाचनमार्फत नेतृत्व चयनको पक्षमा छन्।

कार्यतालिका अनुसार आइतबार विहानबाट मतदान भएर बेलुकासम्ममा नतिजा आइसक्नुपर्नेमा मनोनयको काम समेत भएको छैन।

मंसिर १२, २०७८ आइतबार २२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।