एमाले बन्द सत्र भित्र नाचगान,  बाहिर नाराबाजी

एमाले बन्द सत्र भित्र नाचगान,  बाहिर नाराबाजी

चितवन : सात बजे सुरु गर्ने भनिएको एमालेको १० औँ महाधिवेशनको बन्द शत्र औपचारिक रूपमा सुरु हुन सकेको छैन। पहिला अध्यक्ष मण्डलको बैठक बसेको छ। त्यही बेला बन्दशत्र भित्र भने नाचगान चलिरहेको छ।

गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वली एक समूह लिएर नाचेर बसेकी छिन् बन्द शत्र भित्र। अधिकांश सहभागी भने कुर्सीमा बसिरहेका छन्। नाच्ने जोस देखिएको छैन।

बाहिर ओलीको पक्षमा 'आजका लागि हैन भोलिलाई, १० वर्ष ओलीलाई' भन्दै नाराबाजी भइरहेको छ। निर्धारित कार्यपालिका अनुसार महाधिवेशन अगाडि बढेको भए अहिले मतदान सकिएर नतिजा समेत सार्वजनिक भइसकेको हुने थियो। एमालेले मतदानमा विद्धुतिय मतदान मेसिन प्रयोग गर्ने तयारी गरिरहेको थियो। तर राम-लक्ष्मणको ती मेसिन प्रयोग भएको छैन।

भीम रावल सर्वसम्मतको विपक्षमा छन्। उनले निर्वाचनको माग गरिरहेका छन्। अर्का नेता घनश्याम भुसालले पनि आफूहरू हार्न तयार रहेको तर निर्वाचन गरौँ भनिरहेका छन्।

मंसिर १२, २०७८ आइतबार २२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।