छ्या‍‍‍ कती अस्थिर भएको रेखा त !

छ्या‍‍‍ कती अस्थिर भएको रेखा त !

काठमाडौँ : फिल्ममा अभिनय गरेर लिडर बन्नु र वास्तविक जीवनमा लिडर बन्न कति गाह्रो छ त्यो नायिका रेखा थापालाई हेरे हुन्छ। उनले अभिनय गरेका अधिकांश फिल्ममा उनी लिडरको रूपमा देखिँदै आइन्। तर जब वास्तविक जीवनमा लिडर बन्न हिँडिन् साह्रै अस्थिर देखिइन्।

पहिला माओवादी साह्रै राम्रो भनेर सार्वजनिक मञ्चमा पुष्पकमल दाहाल प्रचण्डसँग कम्मर मात्र मर्काइनन् पार्टीमै लागिन्। उनले वाइसियलका नेता सागर लगायतालाई भाइ बनाएर तिहारमा टिकै लगाइन्।

बिचमा खै के भयो कुन्नि उनी कमल थापाको विचारबाट प्रभावित भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागिन्। कहाँ गणतन्त्रका लागि हतियार उठाएको माओवादीको विचार कहाँ राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्ने थापा।

यो सरासर उनको वैचारिक स्खलन थियो। लौ त्यो पनि ठिकै छ। उनी अहिले राप्रपामा पनि थापाको पक्षमा छैनन्। एकता महाधिवेशनमा थापा अध्यक्षमा उठ्ने भएपछि उनलाई उनकै समूहबाट राजेन्द्र लिङदेनले चुनौती दिने घोषणा गरिसकेका छन्।

अहिले रेखा थापालाई चटक्कै छाडेर राजेन्द्रको पछि लागेकी छिन्। राजेन्द्रको उम्मेदवारी घोषणा सभामा सहभागी हुँदा उनी युवा भएकाले युवा नेतृत्वको पक्षमा लागेको तर कमल थापाको विपक्षमा लागेको हैन भनेकी थिइन्। तर अहिले उनी सामाजिक सञ्जालमा राजेन्द्रको पक्षमा भोट माग्नै सक्रिय भइसकेकी छिन्।

खै यो पाराले उनी कसरी नेतृ बन्लिन्। बरु यसो कोमल वलीलाई हेरेर राजनीति सिके हुने नि। राजतन्त्र पक्षधर रहेकी उनी राप्रपा हुँदै एमालेमा गएर राष्ट्रिय सभाको सदस्य भइसकिन्। केन्द्रीय सदस्य पनि हुन बेर छैन। रेखा भने कहिले यता कहिले उता गर्दैमा ठिक्क छ।

मंसिर १२, २०७८ आइतबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।