दाङको कांग्रेस जिल्ला सभापतिमा शंकरप्रसाद

दाङको कांग्रेस जिल्ला सभापतिमा शंकरप्रसाद

दाङ : दाङको कांग्रेस जिल्ला सभापतिमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरि समूहले जितेको छ। कांग्रेस महामन्त्री शशाङ्क कोइराला निकट नेता गिरि पक्षका शङ्कर डाँगीले सभापतिमा जितेका हुन्।

शनिवार भएको निर्वाचनमा शङ्कर डाँगीले ७ सय ७६ र अर्का उम्मेदवार भूपबहादुर डाँगीले ५ सय ४५ मत ल्याएका थिए। त्यस्तै सभापतिका उम्मेदवार जानकीलाल बस्नेतले ४ सय ७१ र कमल किशोर घिमिरेले ३ सय १५ मत लिएका थिए।

प्रथम हुने उम्मेदवारको ५ सय १५ मत नआएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने भनिएको थियो। तर दुवै नेताको सहमति पश्चात् शंकरप्रसाद जिल्ला सभापतिमा निर्विरोध भएको जिल्ला निर्वाचन समितिले जनाएको छ।

सभापति पदका मुख्य प्रतिस्पर्धी भूपबहादुर डाँगी र शङ्कर डाँगीबिच भएको समहतिपश्चात शंकरप्रसाद डाँगी जिल्ला सभापति भएका हुन्। प्रतिस्पर्धी भूपबहादुर डाँगीले उनलाई सभापतिमा समर्थन गरेपछि सभापति घोषणा गरिएको हो।

भूपबहादुरलाई संविधान सभा सदस्य राजु खनाल, पूर्व जिल्ला सभापति गेहेन्द्र गिरि, नेता तथा मन्त्री डिल्ली चौधरीको समर्थन थियो ।

मंसिर १२, २०७८ आइतबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।