कांग्रेस वडा अधिवेशनमा विवाद हुँदा मन्त्रीका पिएसओले गोली चलाए
साङ्केतिक तस्बिर
जनकपुरधाम : नेपाली काँग्रेसको वडा अधिवेशनमा विवाद भएपछि प्रदेश मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अफिसर (पिएसओ ) ले गोली चलाएका छन्।
बलरा नगरपालिका वडा नं ९ मा भइरहेको वडा अधिवेशनमा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पनि गएका थिए। मन्त्री सिंह सुरक्षाकर्मी लिएर गएका थिए। अधिवेशनमा विवाद भएपछि उनको सुरक्षाका लागि खटिएको प्रहरीले हवाई फायर गरेका थिए।
मंसिर १२, २०७८ आइतबार १८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।