कोरोना अपडेटः १५४ मा सङ्क्रमण, २ जनाको मृत्यु
काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हाल नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८ लाख २० हजार ८७८ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ३४२ जना सङ्क्रमणमुक्त पनि भएका छन्। योसँगै कुल सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख २ हजार ३८९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको सङ्ख्या ११ हजार ५२३ पुगेको छ।
हाल नेपालमा ६ हजार ९६६ जना सक्रिय सङ्क्रमित रहेका छन्।
मंसिर १२, २०७८ आइतबार १६:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।