दियाको स्वरको जादु
काठमाडौँ : भारतको सिलगुडीबाट सहभागी हुन आएकी दिया सोनारको स्वरको जादुले नलट्ठिने को होला र। १३ वर्षिया नेपाली मुलकी उनी गायन सम्बन्धी रियालिटी सो सारेगामापा लिटिल च्याम्पसका सहभागीमध्ये एक हुन्।
नेपाली रियालिटी सो भए पनि नेपाली मूलका विदेशी प्रतिभाहरूले पनि प्रतियोगितामा भाग लिन पाउँछन्। त्यही सुविधा अनुसार दिया नेपाल आएकी हुन्। उनी प्रतियोगीको बलियो प्रतिस्पर्धी हुन्।
उनको बुबा भारतको गोर्खा सेनामा काम गर्दै आएका छन्। उनले अडिसनमा नमान लाज यसरी बोलको गीत गाएकी थिइन्। उनको १३ वर्षको उमेरकी भए पनि उनको स्वर प्रस्ट खुलेको छ। निकै सुरिलो छ उनको स्वर। उनी प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै गइरहेकी छिन्।
जज इन्दिरा जोशीले अडिसन राउन्डमा ' दिया ए तुने क्या किया' भन्दै अहिलेसम्म सुनेको भर्सनमा सबैभन्दा राम्रो भनेर प्रतिक्रिया दिइन्। उनी सहजै छनौट भइन्। उनले प्रतियोगितामा 'सम्हालेर राख', यति धेरै माया किन' लगायतका मिठा गीत गाइसकेकी छिन्।
उनको स्वर सुनेर अर्का जज सङ्गीतकार न्ह्यु बज्राचार्यले उनको स्वरमा गीत रेकर्ड गराउने रहर गरेका थिए। उनी प्रतियोगिताको गाला राउन्डसम्म पुगिसकेकी छिन्। उनको प्रतिभा हेर्दा उनी प्रतियोगिताको अन्तिमसम्म टिक्ने सम्भावना देखिन्छ।
मंसिर १२, २०७८ आइतबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।