कांग्रेसको निर्वाचन समितिका संयोजक बदलिए

कांग्रेसको निर्वाचन समितिका संयोजक बदलिए

काठमाडौँ : १४ औँ महाधिवेशनका लागि जिल्लाको निर्वाचन भइरहेको बेला नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजकै बदलिएको छ।

केन्द्रीय निर्वाचन समितिमा महादेव यादव संयोजक थिए। उनले राजीनामा दिएको राजीनामा स्वीकृत गर्दै यादवको जिम्मा अधिवक्ता गोपालकृष्ण घिमिरेलाई दिइएको छ।

पार्टी महाधिवेशनमा ठाउँ-ठाउँमा विवाद भएपछि यादवले राजीनामा दिएका थिए। उनले विवादित अवस्थामा निर्वाचन गराउन असमर्थ रहेको भन्दै पछिल्लो समय दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेर आइतबार उनको जिम्मेवारी घिमिरेलाई दिए।

मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा काँग्रेसको केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ। अहिले प्रदेश निर्वाचन टुङ्ग्याएर जिल्ला नेतृत्वका लागि निर्वाचन भइरहेको छ।

मंसिर १२, २०७८ आइतबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।