काठमाडौँमा भटाभट भेटिन थाले तस्करीका दुर्लभ सुन कछुवा

काठमाडौँमा भटाभट भेटिन थाले तस्करीका दुर्लभ सुन कछुवा

काठमाडौँ : काठमाडौँमा तस्करीमा संलग्न समूहहरूको साथबाट भटाभट दुर्लभ मानिने सुन कछुवा फेला पर्न थालेका छन्। २ साता अगाडि सशस्त्र प्रहरीले तस्करी गरी विक्रीका लागि ल्याएको सुन कछुवासहित २ जनालाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी वृत्त कालीमाटीले तस्कर समूहका चार सदस्यलाई पुन सुन कछुवासहित पक्राउ गरेको छ। नेपालमा २ वर्ष अगाडि सुन कछुवा देखिएको थियो। त्यसयता सुन कछुवा देखिएको थिएन। तर अहिले काठमाडौँमा वन्यजन्तुको तस्करीमा संलग्नहरूबाट भटाभट सुन कछुवा फेला पर्न थालेका छन्।

वृत्तका अनुसार मङ्सिर ११ मा  ६ बजे सोल्टिदोबाटोमा केही व्यक्तिहरू अवैध रूपमा पहेलो सुन कछुवा बिक्री वितरण गरिरहेको भन्ने जानकारीका आधारमा वृत्त कालीमाटीबाट खटिएको टोलीले एउटा पहेलो सुन कछुवा सहित सञ्जय तामाङ, प्रकाश खाती, राज कुमार तामाङ  र हरि परियारलाई पक्राउ गरेको प्रहरीको दाबी छ।

विश्वमै दुर्लभ सुन कछुवा काठमाडौँको टोखामा भेटियो , तस्करीको शंकामा २ जना पक्राउ

 

मंसिर १२, २०७८ आइतबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।