कांग्रेस काभ्रेको सभापतिमा लामा
काभ्रेः नेपाली कांग्रेस काभ्रेको सभापतिमा तिर्थ लामा विजयी भएका छन्। प्रतिष्पर्धी अच्युत पौडेललाई पराजित गर्दै लामा सभापतिमा निर्वाचित भएका हुन्।
लामा कांग्रेस काभ्रेका जिल्ला सभापति शिव हुँमागाई समूहका हुन् भने पौडेल जिल्ला सभापति मधु आचार्य समूहका हुन्।
जिल्ला अधिवेशनमा हुँमागाईको प्यानल नै विजयी भएको छ। उपसभापतिमा हुँमागाई प्यानलबाट रमेशप्रसाद हुँमागाई र ठाकुरप्रसाद न्यौपाने विजयी भएका छन्।
यस्तै सचिवमा गुणराज मुत्तान र माधवप्रसाद ढकाल तथा सहसचिवमा रविन्द्रनाथ सिग्देल र समिर व्याञ्जु श्रेष्ठ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।
मंसिर १२, २०७८ आइतबार १२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।