आगलागीमा परी दुई बालकको मृत्यु
चितवनः जिल्लाको राप्ती नगरपालिकाको एक घरमा आगलागी हुँदा दुई जना बालवालिकाको जलेर मृत्यु भएको छ। राप्ती नगरपालिका-१ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे।
आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र छोरीतर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आगलागीबाट घरसहित लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्णरूपमा जलेर नष्ट भएको छ। घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।
सोलारको ब्याट्री सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ। मृतक दुवै बालबालिकाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ।
मंसिर १२, २०७८ आइतबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।