कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी: कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। शनिबार राति  जिल्लाको घोडाघोडी नगरपालिका-५ डोके बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र-०१-००८प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु१ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएका थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार वसन्तराज शर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।

हाल मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध पारेका छन्। ट्रक चालक भने फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

मंसिर १२, २०७८ आइतबार ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।