जाजरकोटमा बस दुर्घटना: ५ जनाको मृत्यु, २९ जना घाइते

जाजरकोटमा बस दुर्घटना: ५ जनाको मृत्यु, २९ जना घाइते

३२ यात्रु सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार मृतक ५ जनाकै सनाखत भएको छ। मृतकमध्ये २ जना पुरुष, २ महिला र एक बालिका रहेका छन्।

घाइतेेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। ना६ख २७५७ नम्बरको बस राति साढे २ बजे आसपासमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले बसका चालकलाई नियन्त्रणमा लिएको छ भने अनुसन्धान अघि बढाइएको पनि बताइएको छ।

मंसिर १२, २०७८ आइतबार ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।