प्रतियोगी तानातान गर्दा गायिका मिलनको हिल भाँचियो
शनिवार प्रसारण कार्यक्रममा एक प्रतियोगलाई आफ्नो टिममा ल्याउन जज प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारीसँगै मिलन पनि लागिन्।
दार्जिलिङबाट आएकी पेमा दिछेन लामाको मीठो स्वर सुनेर चारै जना कोचको कुर्सी घुमेको थियो। प्रविशा त उनलाई फकाउन मञ्चमै पुगिन। स्वास्थ्य ठिक नभए पनि कोच राजु पनि पेमा फकाउन गए। प्रमोद र मिलन कुर्सिमै थिए। प्रमोद र उनी पनि पेमालाई फकाउन कुर्सीबाट तल झरेर फकाउँदै थिए मिलनको ब्यालेन्स बिग्रियो।
धन्न नजिकै थिए प्रमोद । उनले हात समात्न भ्याएकाले उनी लडिनन्। उनको हिल भाँचिएछ। धन्न दुर्घटना भएन। हिल भाँचिए पनि उनी रोकिइनन्। स्यान्डल खोलेरै गइन पेमा छेउ। तर उनको दुख खेर गयो।अन्तमा पेमाले सबैसँग सरी भन्दै कोच राजु छानिन्।
पहिलो प्रतियोगी पासाङ दिछि शेर्पाले गाउँदा चारै कोच घुमेका थिए। उनी प्रमोदको टिममा गइन। योगिता न्यौपानेले गाउँदा प्रविशा मात्र घुमिन। पिन्साङ लामाले मिलन बाहेक तीन कोचको कुर्सी घुमाइन् र कोच राजु छानिन्। रुबिरोज कोचको कुर्सी घुमाउन असफल भइन्।
मंसिर ११, २०७८ शनिबार २२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।