बागमती प्रदेश सभापतिमा देउवा-सिटौला प्यानलबाट भीमसेनदासको उम्मेदवारी
सङ्घीयताको संस्थागत विकास गराउन बागमती सभापतिका रूपमा भूमिका खेल्न चाहेको उनले बताए। सङ्घीयता कार्यान्वयन अत्यन्तै फितलो रहेको बताउँदै उनले प्रदेश सभापति भएमा सङ्घीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने बताएका थिए।
काँग्रेसले पहिलो पटक प्रादेशिक संरचना तयार गर्दैछ।
काठमाडौँमा संस्थापन पक्षबाट देउवा र सिटौलाले प्यानल बनाइरहेका छन् भने संस्थापन इतरको तर्फबाट प्रकाशमान सिंह र गगन थापाको समूह चुनावी मैदानमा उत्रिइरहेको छ। काठमाडौँको क्षेत्र तहसम्मको निर्वाचनमा सिंह र गगन समूह हाबी भइरहेको छ।
मंसिर ११, २०७८ शनिबार १९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।