हत्याका दुई आरोपी १२ वर्ष पछि पक्राउ
रामेछाप : हत्या आरोपमा फरार रहेका २ आरोपी १२ वर्षपछि पक्राउ परेका छन्। रामेछाप प्रहरीले ज्ञान बहादुर तामाङ र जयराम तामाङलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुङ्गानाका अनुसार ज्ञानबहादुर र अर्का आरोपित जयराम फागुन ११ मा पक्राउ परेका हुन्।
२०६६ असोज १८ मा मेच्छेपौवा गाविस वडा नम्बर ९ का पृथीमान दोङको जाहेरीका आधारमा यी दुबैमाथि हत्याको आरोप थियो। उनीहरूले व्यक्तिगत रिसइवीका कारण तीर्थमान दोङ (तामाङ) लाई खुकुरी र तरवारले हानेर हत्या गरेको आरोप थियो।
उनीहरू घटनादेखि नै फरार थिए। फरार आरोपी खोज्नेक्रममा रामेछापबाट खटिएको टोलिले रामेछाप जिल्लाको राकाथुमबाट आरोपित ज्ञानबहादुरलाई र जयरामलाई काभ्रेपलान्चोक जिल्लाको धुलिखेलबाट पक्राउ गरेको हो।
मंसिर ११, २०७८ शनिबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।