रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु 

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु 

बुटवल : सिद्धार्थ राजमार्गको भैरहवामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ।

भैरहवाको बर्मेली चोकमा ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

कार्यालयका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका-४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिपको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट घाइते भएका दुवै जनालाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

मंसिर ११, २०७८ शनिबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।